सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुम्भेश्वरमा यस्तो देखियो जनैपूर्णिमाको चहलपहल (फोटोफिचर)

बिहीबार, ०२ भदौ २०७३, १३ : ३६
बिहीबार, ०२ भदौ २०७३

काठमाडौं–श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा र ऋषितर्पणी पर्व देशका विभिन्न धाममा विभिन्न जातजातीले आ–आफ्नै परम्परा अनुसार मनाइरहेका छन् । आजैका दिन नागाधारीहरुले नजिकको नदि कुवा वा तलाउमा स्नान गरी ब्राह्णले मन्त्रेको नयाँ जनै लगाउने चलन छ भने आफ्ना इष्टमित्रको घरमा गएर जनै लगाउने चलन छ । आज विभिन्न मठ मन्दिरमा राखी र रक्षाबन्धन लगाउने घुँइचो लाग्ने गर्दछ । आजका रसुवाको गोसाइँकुण्डमा पनि भव्य मेला लाग्छ । हरेक जनैपूर्णिको दिन ललितपुरको कुम्बेश्वरमा रक्षा बन्धन, राखी र जनै लगाउनेहरुको भीड लाग्ने गर्दछ । आज तामाङ्ग समुदायले ड्याङ्ग्रो बजाएर मठ मन्दिरमा घुम्ने गर्दछन् । हेरौं ललितपुरको कुम्भेश्वरमा  लागेको मेलाका दृश्यहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप