सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अत्याधिक ज्वरोबाट एक वृद्धको मृत्यु

बिहीबार, ०२ भदौ २०७३, १३ : २५
बिहीबार, ०२ भदौ २०७३
सल्यान–सल्यानमा अत्याधिक ज्वरोबाट एक वृद्धको ज्यान गएको छ । सल्यान मुलखोला गाउँ विकास समिति वडा नं. १ देउलीका ५० वर्षिय मोतिराम बुढाको अत्याधिक ज्वरोका कारण बुधबार ज्यान गएको हो । एक सातादेखि ज्वरो आउने, टाउको दुख्ने, आँखा पोल्ने, हातखुट्टा खदुख्ने जस्ता समस्याबाट पिडित बुढाको बुधबार घरमै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्थानीय मेडिकल तथा स्वास्थ्य चौकीमा उपचार गरेपनि सन्चो नभएको र आर्थिक अवस्था कमजोर भएका कारण अन्य अस्पतालमा लैजाना नसक्दा बुढाको मृत्यु भएको स्थानीय हिरालाल रानाले जानकारी दिए । बुढाको मृत्यु भएसँगै उनका २ छोरा र २ छोरीको विचल्ली हुने भएको छ । आमा अशक्त हुँदा काम गर्न नसक्ने र चारैजना साना भएका कारण उनीहरुको बिचल्ली हुने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप