बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विद्युत् महसुल एकानब्बे करोड उठ्यो

बिहीबार, ०२ भदौ २०७३, १३ : ५८
बिहीबार, ०२ भदौ २०७३
पोखरा । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले आव २०७२/७३ को असार मसान्तसम्ममा रु ९१ करोड २४ लाख १३ हजार विद्युत् महसुल असुल गरेको छ । सो अवधिमा जरिवानाबाट रु दुई करोड ३५ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । विद्युत् मिटर रिडिङ भएको एक हप्ताभित्रै महसुल तिर्ने ग्राहकलाई केन्द्रले रु एक करोड ८९ लाख ८४ हजार छुट दिएको केन्द्रका सहायक लेखापाल द्रोणराज बरालले जानकारी दिए । गत असार मसान्तसम्म केन्द्रमा कुल ग्राहकको सङ्ख्या ६८ हजार ६९२ पुगेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप