बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वर्षौंसम्म कर नतिर्नेहरुले कर तिर्न थाले

बिहीबार, ०२ भदौ २०७३, १४ : २०
बिहीबार, ०२ भदौ २०७३
बागलुङ । जिल्लामा एकीकृत सम्पत्तिकर तिर्नेको सङ्ख्यामा वृद्धि भएको छ । आव २०७०/७१ देखि लागू भएको एकीकृत सम्पत्तिकर तिर्नेमा हालसम्म सात हजार करदाता रहेका छन् । आव २०७१/७२ मा तीन हजार ९३९ करदाता रहेकामा आव २०७२÷७३ मा सो सङ्ख्या बढेर चार हजार ६१ पुगेको बागलुङ नगरपालिका कार्यालयका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए । एकीकृत सम्पत्तिकर लागू भएको आव २०७०/७१ मा २७४ जनाले सम्पत्तिकर बुझाएका थिए । गत आवमा एकीकृत सम्पत्तिकरबाट रु ५१ लाख एक हजार राजस्व सङ्कलन भएको थियो । ‘वर्षौंसम्म कर नतिरी बसेका नगरवासी करको दायरामा आउन थालेका छन्,’ सुवेदीले भने । करदाताले घरजग्गा कर, धुरीकर र मालपोत करको सट्टामा एकसाथ एकीकृत सम्पत्तिकर बुझाउने गरेका छन् । सम्पत्तिकरले नगरपालिकाको राजस्व सङ्कलनमा समेत वृद्धि ल्याएको छ । आव २०७०/७१ मा रु ३३ लाख ९५ हजार तथा आव २०७१/७२ मा रु ४५ लाख २६ हजार कर उठेको थियो । ‘नगरक्षेत्रमा करिब १२ हजार करदातालाई एकीकृत सम्पत्तिकरको दायरामा ल्याउने लक्ष्य छ,’ कार्यालयका नासु गङ्गादेवी शर्माले भने । हरेक आवको पुस मसान्तसम्म कर तिर्ने करदातालाई कुल करको १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप