सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुजुकी भिटारा ब्रेजाको बुकिङ खुल्ला

बिहीबार, ०२ भदौ २०७३, १४ : २९
बिहीबार, ०२ भदौ २०७३

काठमाडौ–सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा अत्यधिक चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा भित्राएको छ । कम्पनीले नयाँ कारको बिहीबारवाट बुकिङ समेत खुल्ला गरिएको जनााएको छ । भिटारा ब्रेजाकोे अहिले ३५ लाख ९९ हजार रुपैयाँ बजार मुल्य तोकिएको छ । कम्पनीका अनुसार नयाँ कार ६ भिन्न भ्यारिण्ट उपलब्ध हुनेछन् । सीजी नेक्स्ट जेन नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता हो । कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा पहिलो पटक डुअल कलर स्किम सहित भित्र्यएको जनाएको छ । कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको छ । डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडीकिट सहितको यस कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विल आर्कको प्रयोग गरिएको छ । गतिशिलताको अनुभव दिन यसमा फ्लोटिङ रुफ डिजाइनको पनि प्रयोग गरिएको छ । कारमा किलेस एण्ट्रि, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, ईञ्जिन स्टार्ट स्टप बटन, क्यामेरा सहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधापनि उपलब्ध रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप