सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी कटानको बालुवामा डेजर्ट सफारी !

बिहीबार, ०२ भदौ २०७३, १४ : ४१
बिहीबार, ०२ भदौ २०७३
इटहरी – २०६५ सालमा कोशी नदीको भंगालो मानव बस्ती तिर पस्दा सुनसरी जिल्लाका कयौँ बिगाहा खेती योग्य जमिन बगरमा परिणत भए । दर्जनौं बिगाहा जमिनका मालिक रहेका सुनसरीका कृषक हेर्दा हेर्दै सुकुम्वासीमा परिणत भए । त्यस पश्चात वर्षै देखि बालुवा माथिको आशा नियालेर बसेका यस भेगका स्थानिय, अहिले नयाँ व्यवसायीले सोही ठाउँमा लागानी गर्न तम्तयार बने पछि हर्षित बनेका छन् । श्रीपुरजब्दीको करिब २७ विगाहा जमिनमा न्यु कोशी ड्रिजर्ट सफारीको निर्माण शुरु भए पछि यस क्षेत्रका बासिन्दाले रोगजारीका अवसर खुल्ला भन्ने आशाले हर्षित भएका हुन् । पर्यटन व्यवसायी राधेश्याम पौडेलले उक्त क्षेत्रमा फरक किसिमको व्यवसायको थालनी गरेका हुन । पौडेलले आप्mना केही सहकर्मीसँग मिलेर करिब १५ करोडको लगानीमा बालुवा माथी संचालन हुने मनोरञ्जनात्मक खेल तथा व्यवसाय शुरु गर्न लागेका छन् । श्रीपुरजब्दीका निवर्तमान गाबिस अध्यक्ष लटित मिंयाले आफुले आशा मारेको जमिनमा यस किसिमको नयाँ नयाँ व्यवसाय संचालन हुन सके जग्गाको मुल्याँकन बढ्ने र युवाहरुले रोगजारी पाउने विश्वास व्यक्त गरे । खेर गइरहेको जमिनलाई सदुपयोग गर्ने र स्थानियलाई रोगगारीको अवसर समेत सृजना गर्ने गरि नयाँ नयाँ लगानी गाउँमा भित्रिए पछि गाउँलेले सहयोग गरेको मियाले भनाई छ । लगानीकर्ता राधेश्याम पौडेलले उक्त २७ विगाहा जमिनमा बन्न लागेको संरचनाले समुन्द्रको झल्को दिने बताए । उक्त संरचनामा सुविधा सम्पन्न रेष्टुरेन्ट देखि बालुवामा यात्रा गर्न मिल्ने सुविधा उपलव्ध हुनेछ । पूर्व पश्चिम राजमार्गसँग जोडिएको उक्त क्षेत्रमा प्रयोग बिहिन भएको जमिनलाई सदुपयोग गरिएको छ । यस्ता धेरै जमिन वेकामे बनेर रहेका बेला केहि न केहि गर्न सकिन्छ भन्ने सन्देश दिनपनि आफुले यति ठुलो लगानी गरेको पौडेल बताउछन । उनका अनुसार बन्न लागेको संरचना, रेष्टुरेन्ट, फिल्महल, स्वीमिङपुल, बालुवामा यात्रा गर्ने सवारी साधन, लगाएतका दर्जनौ सेवा सुविधाहरु उपलव्ध हुनेछन् । पूर्वी नेपालको पर्यटन व्यवसायलाई थप टेवा पुग्ने विश्वास लिइएको यस योजनाले छिमेकी मुलुक भारतका पर्यटकलाई लोभ्याउने संकेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप