बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खेतमा भ्यागुतालाई भात खुवाइयो

बिहीबार, ०२ भदौ २०७३, १५ : २२
बिहीबार, ०२ भदौ २०७३
भक्तपुर । जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभित्र परिकारका भोजन खुवाई यो परम्परा मनाएका हुन् । भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ । खेतमा कीरा मारेर अन्न उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा गरी भोजन गराउने परम्परा रहेको किसान बताउँछन् । रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका कीरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप