सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सल्यानी खुकुरीको माग बढ्यो

बिहीबार, ०२ भदौ २०७३, १५ : २९
बिहीबार, ०२ भदौ २०७३
सल्यान, भदौ २–नेपालमा आफ्नो छुट्टै पहिचान बनाएको सल्यानी खुकुरी उपहारको रुपमा प्रयोग हुन थालेपछि माग बढेको छ । देश, विदेशमा सल्यानको चिनोको रुपमा खुकुरी पठाउन थालेपछि सल्यानी खुकुरीको माग बढेको हो । सदरमुकाममा हुने विभिन्न कार्यक्रममा उपहार दिने चलन चलेको छ । माग भए अनुसारको खुकुरी पु¥याऊन नसकिएको शारदा नगरपालिका २ खलंगा बिश्वकर्मा टोलका ६४ वर्षिय जुद्धबिर बि.क.ले बताए । सदरमुकाम खलंगामा रहेको विश्वकर्माटोलका ११ परिवार मध्य ६ परिवारले फलामवाट वन्ने खुकुरी , खुडा , चुलेसि , चक्कु , हसिया बनाउदै आएका छन् । खुडा, चुलसी चक्कु भन्दा बढि खुकुरीको माग रहेको वि.क.को भनाई रहेको छ । द्धन्द्धका समयमा खुकुरीको कारोबारो पूर्ण रुपमा बन्द भएपनि शान्ति भएसँगै पून खुकुरीको माग बढ्दै आइरहेको उनले बताए । खुकुरी वनाऊने पेशावाट घर खर्च टार्नुका साथै छोरा छोरी विद्यालय पढाऊने सहयोग पुगेकोे उद्यमी इन्द्र वहादुर वि.क.ले बताए । विश्वकर्मा टोलका वि.क. परिवाले खुकुरी बनाउने पुख्र्यौली पेशालाई निरन्तरता दिदा जीवनस्तरमा सुधार आएको वताऊछन् । फलामका औजारहरु निर्माणका लागि वढ्दो लोडसेडिङ्गले समस्या भएको उद्यमीहरुको भनाई छ । दैनिक एक वटा खुकुरी वनाऊन सकिने भएपनि वढ्दो लोडसेडिङ्गका कारण समस्या भएको इन्द्रवहादुर विकले भन्नु भयो । उहाँले भन्नु भयो खुकुरी चम्कीलो वनाऊन लगाईने सान प्रयोग गर्न समस्या छ । आकर्षक खुकुरी ,खुडा वनाऊने आधुनिक ग्रयान्डर मेसिन भएर पनि बत्तिका कारण प्रयोग गर्न समस्या छ । उपहारका रुपमा सल्यानी खुकुरी घरमा आएर ग्राहकहरुले देश भित्र काठमाण्डौ, नेपालगञ्ज ,दाङ्ग र वाहिर अमेरिका ,अष्टे«लिया लगायतका देशमा उपहारका रुपमा पठाऊन ग्राकहरुले लैजाने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप