बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर ७२ भेडा मरे, दुई व्यक्ति घाइते

बिहीबार, ०२ भदौ २०७३, १५ : ५१
बिहीबार, ०२ भदौ २०७३
[caption id="attachment_72313" align="alignleft" width="300"] representative image[/caption] म्याग्दी । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेडा मरेका र गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिए । बिहानमात्र होस खुलेका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त छन् । घाइतेद्वय छन्त्याल र विकका साथै भवीर विक, खिमसर विक, दुर्ग विक, विनय विक र प्रेमप्रसाद छन्त्यालका भेडा मरेका थिए । रातको समयमा भेडा राखेको खर्कमा चट्याङ परेको थियो । सो स्थानमा संयुक्त भेडागोठ थियो । अन्य घाइते भेडा अझै अलपत्र अवस्थामा रहेकाले मर्नेको सङ्ख्या बढ्न सक्ने सामाजिक परिचालक छन्त्यालले बताए । ती भेडा मरेर रु १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख दयाराम चापागार्इंले क्षतिको विवरण सङ्कलन गरी कृषकलाई राहतको व्यवस्था मिलाउन पहल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप