सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बजार अनुगमन तीव्र, अखाद्य वस्तु बेचेको भेटियो

बिहीबार, ०२ भदौ २०७३, १६ : २२
बिहीबार, ०२ भदौ २०७३

काठमाडौ– आपूर्ती मन्त्रालयले दुईदिन देखि बजार अनुगमनलाइृ तिव्रता दिएको छ अनुगमका क्रममा ठूला सुपर मार्केटमा म्याद नाघेका, मूल्य सूची नरहेको र हातले बिजक जारी गरेको भेटिएको छ । मन्त्रालयको अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको गैरीधारा गोदाममा यस्तो भेटेको हो । यस्तै, बीग मार्टको शान्तिनगर लगायतका शाखामा शाखामा म्याद नाघेको वस्तु विक्रि भएको, केके मार्ट नयाँ वानेश्वरमा पनि म्याद नाघेको वस्तु विक्रि गरेको भेटिएको छ । यस्तै, बीग मार्टको कालोपुलमा भने अघिल्लो दिन लगाएको सिल व्यवसायीले तोडेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको अधिकाशं अनुगमनले बजारमा म्याद नाघेको, अखद्य पदार्थ प्रयोग गरेको पाइउको छ । अधिकाशं मिठाइ पसलले अखाद्य रंग प्रयोग गरेको, फोहरा वनाउने गरेको र मूल्य सूची नरहेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप