सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

८२ वर्षे नागरिक समाजका अगुवा खतिवडा भोलिदेखि सत्याग्रहमा

बिहीबार, ०२ भदौ २०७३, १६ : ४८
बिहीबार, ०२ भदौ २०७३

काठमाडौं– जागरुक नागरिक समाजले भोलिदेखि काठमाडौंको माईतीघरमा सत्याग्रह आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले उक्त कुराको जानकारी दिएको हो । समाजका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक संगठन र मुलुकको जेठो मानवअधिकारवादी संस्था (मासम २०४१) का संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा(८२), बरिष्ठ समाजसेवी कृष्णनाथ घिमिरे(८६), समाजसेवी चित्रबहादुर पुन(६७) र बुद्धिजीवी मुकुन्द ढकाल(७०) सत्याग्रह आन्दोलनमा बस्नेछन् । समाजका अनुसार भदौ ३ गतेबाट सुरु हुने सत्याग्रह दिउँसो १ देखि ४ बजेसम्म हुनेछ । कार्यक्रममा बोल्दै सत्याग्रहका अगुवा गर्ने मानवअधिकारवादी खतिवडाले राजनीति ठीक हुनु र नहुनुले मुलुकको भाग्य निर्धारण गर्छ भन्ने कुरालाई आफूहरुले मनन गर्दै ‘मुलुक शान्ति र समृद्धिको खोजीमा छ’ भन्ने नाराका साथ आफूहरु सत्याग्रहमा होमिन लागेको जनाए । खतिवडाले भने,‘म ८२ वर्षको बुढो आज सत्याग्रहमा होमिनु परेको छ, मुलुकको राजनीतिक अवस्था अहिले अत्यन्तै चिन्ताजनक छ, हामी शान्ति र समृद्धिको पक्षमा छौं ।’ उनीहरुले दिगो सरकारले मात्रै शान्ति र समृद्धि दिन सक्छ त्यसको लागि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्ने, मुलुकको व्ययभार घटाउनका निमित्त दुबै सभाको हालको सदस्य संख्या आधा कटौति गर्नुपर्ने, धर्मनिरपेक्ष र सापेक्षको विवादलाई जनमत संग्रहद्धारा समाधान खोज्नुपर्ने लगायतका १४ बुँदे मागहरु अघि सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप