बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विश्वशान्तिको कामनासहित राष्ट्रपतिलाई ‘राखी’

बिहीबार, ०२ भदौ २०७३, १७ : ११
बिहीबार, ०२ भदौ २०७३

काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा बिहिबार राखी बाँधेकी छिन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौँका निर्देशक ब्रह्माकुमारी राज दिदीले वैदिक परम्पराअनुसार राष्ट्रपति भवन, शीतलनिवासमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समग्र विश्वशान्तिको कामनासहित पवित्रताको सूचक ‘राखी’ बाँधिदिएकी हुन् ।

यसैगरी पण्डित खेमचन्द्र ढकालले पनि सम्पूर्ण नेपालीको दीर्घायु र ऐश्वर्यको कामनासहित राष्ट्रपतिलाई रक्षावन्धन गरेको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप