सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघ निर्वाचनको मतगणनाको क्रममा बढी मतपत्र भेटिएपछि लफडा

बिहीबार, ०२ भदौ २०७३, १७ : २७
बिहीबार, ०२ भदौ २०७३
काठमाडौं– नेविसंघ निर्वाचनको मतगणनाका क्रममा प्रदेश नम्बर ६ को बुथमा बढी मतसंख्या भेटिएपछि विवाद भएको छ । मतगणनाका क्रममा मध्यपश्चिम विश्वविद्यालयको २० जना मतदाता रहेकोमा ६ भोट बढी अर्थात २६ भोट भएपछि विवाद उत्पन्न भएको हो । ६ नम्बर प्रदेशबाट सहमहामन्त्रीका उम्मेद्वार विवेक आचार्यले ६ भोट बढी पाइएको बताए । तर निर्वाचन अधिकृत भरत खरेलले भने उक्त बढी ६ भोट च्यातिदिएको बताइएको छ । सोहि कारणले गर्दा विद्यार्थीहरुले विरोध गर्दै ६ नम्बर प्रदेशको पुन निर्वाचन हुनुपर्ने माग राखेका छन् । जसका कारण मतपरिणाम घोषणा अन्योलमा परको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप