बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एउटा यस्तो फोटो जसले संसारलाई चकित बनायो (भिडियोसहित)

बिहीबार, ०२ भदौ २०७३, १७ : ५०
बिहीबार, ०२ भदौ २०७३
रियामा गृहयुद्धको अवस्था कस्तो छ त्यसलाई बयान गर्न एउटा मात्र तस्बिर काफी छ । यो तस्बिर एपोलो शहरमा हवाई आक्रमण पछिको हो । यसमा ५ वर्षका एक बच्चा घाइते अवस्थामा एम्बुलेन्सभित्र कुर्सीमा बसेका छन् । हमला पछि यी बालकको आमा–बुवाको केही अत्तोपत्तो छैन । बालक ओमरान दाकनीशको अनुहार रगताम्मे छ । उनी माटोेले ढाकिएका थिए । बच्चाको भावले घटनाको वर्णन गरिरहेको छ । यी बालकको फोटो र भिडियो संसारभरी भाइरल भइरहेको छ । फुटेजमा बच्चामा आफ्नो टाउकोमा भएको धुलो हटाउन खोजेको देख्न सकिन्छ । तर उनलाई आफ्नो निधारबाट रगत निस्किरहेको थाहा हुन्छ र हातमा लागेको रगतलाई टेबलमा पुछेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप