सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मृगौलापीडितलाई ३ लाख बढी सहयोग

शुक्रबार, ०३ भदौ २०७३, १० : ३४
शुक्रबार, ०३ भदौ २०७३

काठमाडौ – मलेसियामा दुवै मृगौलाले काम गर्न छाडेका रोल्पाका दिल कुमार बुढा मगरको सहयोगका लागि मलेसियामा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । बुढाको उपचारमा सहयोगका लागि नेपालीहरुको संस्था पिटिपि समाजका पदाधिकारीहरुले ३ लाख ३१ हजार रुपैयाँ सहयोग गरेका हुन् । १२ हजार ३ स ६५ मलेसियन रींगेट जुटाएका उनीहरुले संकलन गरेको रकमबाट मलेसियामा अस्पतालमा लागेको रकम भुक्तानी गरी ८ हजार ७ सय ३४ रींगेट अर्थात २ लाख ३४ हजार रुपैयाँ दिलकुमारलाई दिईएको समाजका प्रमुख सल्लाहकार विजय शर्माले बताए । ५ वर्ष अघि रोजगारीको लागि मलेसिया पुगेका रोल्पाका २४ वर्षिय मगरका दुवै मृगौला फेल भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई नेपालीहरुको सहयोगमा बुधबार नेपाल फर्काइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप