सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झोलुङ्गे पुलबाट खसेर युवकको मृत्यु

शुक्रबार, ०३ भदौ २०७३, १० : ४५
शुक्रबार, ०३ भदौ २०७३

सिरहा, भदौ ३– झोलङ्गेपुलबाट खसेर एक युवकको मृत्यु भएको छ । सिरहाको जानकीनगर–७ मा रहेको झोलङ्गे पुल तर्ने क्रममा पुलको अन्तिम किनाराबाट झरेर घाइते भएका तेनुवापट्टी–९ का ३५ वर्षिय संगित कुमार सिंहको मृत्युभएको हो । पुलबाट तलझरेर घाइते भएका सिंहको स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गराई थप उपचारको लागि लहानतर्फ ल्याउँदै गर्दा गएराती ज्यान गएको इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी राजकुमार केसीले जानकारी दिए ।

सिंहको शव पोष्ट पार्टमकोलागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप