सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दिल्लीमा व्यस्त बन्दै निधि, आज भारतीय राष्ट्रपतिसँग भेटवार्ता हुँदै

शुक्रबार, ०३ भदौ २०७३, ११ : ०९
शुक्रबार, ०३ भदौ २०७३

काठमाडौं– प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आजदेखि उच्चस्तरीय भेटवार्ता थालेका छन् ।

उनले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री शुष्मा स्वराज लगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निधि र भारतीय राष्ट्रपति मुखर्जीबीच राष्ट्रपति भवनमा साँझ ६ बजेको लागि भेटवार्ताको समय तोकिएको छ । भेटमा निधिले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणका लागि पठाएको निम्तोपत्र हस्तान्तरण गर्नुका साथै आपसी हित र दुई देशबीचको सम्बन्धका विविध विविध पक्षबारे छलफल हुनेछ ।

यस्तै शुक्रबार दिउँसो निधिले गृहमन्त्री सिंह र विदेश मन्त्री स्वराजसँग पनि छलफल गर्नेछन् ।

प्रधानमन्त्री निधिसँग भने निधिले शनिबार बिहान ११ बजे भेट्ने कार्यक्रम छ । सो भेट सेभेन रेसकोर्सरोडस्थित प्रधानमन्त्रीनिवासमा हुनेछ । मन्त्रिपरिषद्को बैठकले सरकारका दुई उपप्रधानमन्त्रीलाई भारत र चीनमा विशेष दूतका रुपमा पठाउने निर्णय अनुसार निधि बिहिबार भारत गएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप