सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रिसको झोँकमा श्रीमानले श्रीमतीलाई मसला पिस्ने लोहोरो हान्दा...

शुक्रबार, ०३ भदौ २०७३, ११ : १९
शुक्रबार, ०३ भदौ २०७३

सिरहा– आफ्नै श्रीमानले मसला पिस्ने सिलौटोको लोहोरोले हान्दा सिरहामा एक महिलाको ज्यान गएको छ । लहान नपा ६ का विशेश्वर प्रसाद साहले घरायसी विवाद हुँदा रिसको झोँकमा श्रीमती बविता कुमारी साहलाई लोहोरोले प्रहार गर्दा उनको ज्यान गएको हो । बिहिबार लोहोरो प्रहारबाट घाइते साहको उपचारको क्रममा शुक्रबार विहान ज्यान गएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ । लोहोरो प्रहारबाट टाउकोमा गम्भिर चोटलागेको बविताको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार गर्दागर्दै ज्यान गएको हो । उनको शव पोष्टमार्टमाको लागि सोही अस्पतालमा राखिएको छ । लोहोरो प्रहार गर्ने बविताका श्रीमान ३८ वर्षिय विशेश्वर प्रसाद साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप