सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको ११ गतेको लागि बोलाइएको राष्ट्रिय भेला नहुने

शुक्रबार, ०३ भदौ २०७३, १५ : ०५
शुक्रबार, ०३ भदौ २०७३

काठमाडौं– नेकपा माओवादी केन्द्रको भदौ ११ गतेको लागि बोलाइएको महाधिवेशन आयोजक समिति सदस्यहरुको राष्ट्रिय भेला नहुने भएको छ । पार्टी सरकारमा गएको र आवश्यक तयारी पूरा नभएकाले ११ गते बोलाइएको बेला नहुने भएको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टी सरकारमा रहेको र आवश्यक तयारी पूरा नभएकाले ११ गतेको भेला नहुने पक्कापक्की भएको बताइन् । ‘आयोजक समितिको भेला ११ गते गर्ने भनेर हामीले यसअघि निर्णय गरेका हौं, तर पार्टी अहिलेकै अवस्थामा त्यो सम्भव नहुने देखियो’, प्रेस सेन्टर नेपाल ललितपुरको तेस्रो एकता भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले भनिन्, ‘हामी अब छलफलबाट नयाँ मितिको टुंगो लगाउँछौं । माओवादी स्रोतका अनुसार आजै माओवादी केन्द्रको कार्यालय बैठक बोलाइएको छ भने सो बैठकले आवश्यक निर्णय गर्ने सम्भावना छ । प्रवक्ता भुसालका अनुसार आगामी पुस २३ गतेको लागि तय भएको एकताको महाधिवेशन पनि सर्नेछ । यसैबीच प्रेस सेन्टर नेपालको आगामी ११ गतेदेखि काठमाडौंमा हुने भनिएको महाधिवेशन पनि स्थगित भएको छ । महाधिवेशनको मिति अब प्रेस सेन्टरको कार्यालय बैठक बसेर टुंगो लगाउने बताइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप