सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर नेपाल ललितपुरको अध्यक्षमा कार्की

शुक्रबार, ०३ भदौ २०७३, १६ : ०४
शुक्रबार, ०३ भदौ २०७३

ललितपुर– प्रेस सेन्टर नेपाल ललितपुरको एकता भेलाबाट रामहरी कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । शुक्रबार ललितपुरमा भएको एकता भेलाबाट नयाँ कार्यसमितिको चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अर्जुन पन्त, मन्दिरा दुलाल, प्रकाश थापा मगर र श्याम तन्डुकार रहेका छन् भने विमल श्रेष्ठ सचिव रहेका छन् । यस्तै सहसचिवमा फातिमा बानू र शिव ढकाल रहेका छन् भने कोषाध्यक्ष गोपाल आले मगर रहेका छन् ।

सदस्यहरुमा अनिल पाण्डे, शिशिर लामा, केशव, सिता बिक, किरण रजग, अम्बर परियार  र पवन पराइली रहेका छन् । भेलाले ५० जना केन्द्रीय पार्षद समेत चयन गरेको छ । एकता भेलामा माओवादी केन्द्रकी प्रवक्ता पम्फ भुसाल पोलिटब्यूरो सदस्य हरि दाहाल, राजकाजी महर्जनलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप