सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रामेछापमा ठूला सवारी बन्द हुँदा यात्रु मारमा

शुक्रबार, ०३ भदौ २०७३, १६ : १६
शुक्रबार, ०३ भदौ २०७३

रामेछाप–सडकको इजाजत नभएको यातायातका साधनलाई विपी राजमार्गमा गुड्न सिन्धुली जिल्लाले प्रतिबन्द लगाएपछि रामेछाप–काठमाडौं सञ्चालन हुँदै आएका ठूला सवारीका साधान बन्द भएका छन् ।

सडकको क्षमता नभएको भन्दै सरकारले रामेछापदेखि सिन्धुली र काठमाडौं तर्फको सडकमा १८ सिट भन्दा बढी क्षमताका यातायातलाई सञ्चालन अनुमति नदिएपछि ठूला सवारी बन्द भएको हो । यस अघि अरनिको यातायातको ३० सिट भएको बस मन्थली–काठमाडौं दैनिक ३० वटा सञ्चालन हुँदै आएको थियो । त्यस्तै काकडभिट्टा, नारायणघाट, बर्दिबास, सिन्धुलीको विपी राजमार्ग हुदै अरनिको यातायातका बस मन्थलीसम्म आउने गरेको थियो ।

प्रहरीले केहि दिनदेखि इजाजत पत्र नभएका सवारीलाई विपी राजमार्गमा प्रतिबन्द लगाएपछि रामेछापका यात्रुहरु मारमा परेका छन् । ठुला सवारीले रामेछापमा प्रवेश नपाउँदा जिल्लाको आन्तरिक सडकमा समेत सवारी गुड्न सकेका छैनन् । खुर्कोट धुलीखेल खण्डको सडकमा यात्रु लिएर गुडिरहेका दर्जनौ बसको यात्रुलाई प्रहरीले ओरालेर वस फर्काएपछि यात्रुहरुलाई सास्ती परेको छ । मन्थली– खुर्कोट– सन्धुली सडकमा ठूला सवारी नचल्दा दैनिक सयौं यात्रुहरु अलपत्र पर्ने गरेका छन् ।

इन्धन बोक्ने साधनलाई समेत इजाजत नभएको भन्दै प्रहरीले रोकेपछि रामेछापमा इन्धनको समेत संकट परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप