सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एउटै विद्यालयमा दुई प्रअले हाजिरी गर्न खोज्दा...

शुक्रबार, ०३ भदौ २०७३, १६ : २९
शुक्रबार, ०३ भदौ २०७३

रौतहट –बिदा सकिनु अगावै रौतहटको एक बिद्यालयमा दुईजना शिक्षकले प्रअ भएको दावी गर्दै एकैपटक हाजिर गर्न खोज्दा अभिभावकहरुले एक जनालाई सामान्य कुटपिट गर्दै बिद्यालयमा तालाबन्दी गरेका छन् । स्थानिय देवाही गाविस ३ स्थित प्रावी देवाहीका पुरानो प्रधानाध्यापक धर्मलाल पटेललाई आज अभिभावकहरुले सामान्य कुटपिट गरी प्रअको टुंगो नलागेसम्मको लागि बिद्यालयमा तालाबन्दी गरेका हुन। तत्कालिन जिल्ला शिक्षा अधिकारी हरीप्रसाद वोस्तीले प्रावि सखुअवाका शिक्षक मोख्तार यादवलाई प्रावी देवाही तिनको नयाँ प्रअको रुपमा सरुआ गरेका थिए । नयाँ प्रअको चिठि बिद्यालयले बुझन नमानेपछी यादवले चिठि हुलाक मार्फत पठाएर शुक्रवार प्रावी देवाहीमा प्रअको रुपमा हाजिर हुनजाँदा बिवाद भएको एकजना अभिभावक पुलिस पटेलले बताएका छन् । शिक्षक यादवले आफुले प्रअ पाउनुपर्ने अडान गरेका छन भने अधिकारी वोस्तीले गरेको सम्पुर्ण काम कार्यवाही सर्वोच अदालतले रोक्का गरेको भन्दै आफुनै प्रअ भएको शिक्षक यादवको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप