सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्वीक्स् ग्रिनल्याण्ड अन्तर बिद्यालय बास्केटबल सम्पन्न, गीनल्याण्ड र एचएचसिएलाई उपाधि

शुक्रबार, ०३ भदौ २०७३, १६ : ३४
शुक्रबार, ०३ भदौ २०७३
काठमाडौं– आयोजक ग्रीनल्याण्ड स्कुल र एचएचसिएले एघारौं क्वीक्स् ग्रिनल्याण्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार भएको जुनियरतर्फको फाइनल खेलमा आयोजक ग्रीनल्याण्डले भ्याली पब्लीक स्कुललाई ४६–२० को स्कोरले स्तब्ध पारेको हो । ग्रीनल्याण्डको जितमा आस्मित बम्जनले सर्बाधिक १० स्कोर गरे । उनीनै जुनियरतर्फ मस्ट भ्यालुएबल प्लेयर चूनिए । सिनियरतर्फ एचएचसीएले ग्रीनल्याण्डलाई ६३–५० स्कोरले हरादै उपाधि हात पा¥यो । एचएचसिएको जितमा बिशाल राईले महत्वपूूर्ण २७ स्कोरको योगदान दिए । बिशाल नै सिनियरतर्फ मस्ट भ्यालुएबल प्लेयर घोषित भए । धापासी स्थित आयोजकको कोर्टमा तेस्रो स्थानका लागि भएको खेलमा सामाखुसी बोर्डीङ स्कुुल(सेब) र स्काइलार्क सफलता हात पारे । जूनियरतर्फ सामाखुसी बोर्डीङ स्कुुल(सेब)ले नेरिक स्कुललाई ३०–२० को स्कोरमा हरायो । सेबको जितमा उत्कृष्ट खेल प्रदर्शन गरेका सशांक सत्यालले सर्बाधिक ११ स्कोर गरे । सिनियरतर्फ स्काइलार्कले भ्याली पब्लीकलाई ५९–२६ स्कोरले हरायो । स्काइलार्कको जितमा अकिंत बहादुर लोहरले सर्बाधिक १८ स्कोरको योगदान गरे । बिधागत उत्कृष्टमा सिनियरतर्फ स्काईलार्कका नम सुुनुवार हाई स्कोरर चुुनिए । जुनियरतर्फ भ्यालीका लक्ष्मण परियार हाइ स्कोरर भए । सिनियरतर्फ ग्रीनल्याण्डका दिलिप पुुन तथा जुनियरतर्फ ग्रीनल्याण्डकै सौगात सुनुवार बेस्ट थ्री पोइन्टर चुुनिए । एचएचसिएलाई नवौँ सस्करणदेखि लगातार उपाधि दिलाउन सफल प्रशिक्षक सागर श्रेष्ठ बेस्ट कोच चूनिए । सोही अवसरमा विद्यालयको बास्केटबल टिमका पुर्व कप्तान दिपेश काकी सम्मानीत भए । उनलाई राष्ट्रिय रेफ्री हुन सफल भएकोमा ग्रीनल्याण्डले सम्मान गरेको हो । प्रतियोगितामा विजेता खेलाडीलाई नेपाल बास्केटबल सघंका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा,काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष एवम् आयोजक विद्यालयका प्रिन्सिपल थकिन गुरुङ,गोल्डेनपीक स्कुलका प्रिन्सिपल छत्र मणि राई र एन्जलहर्ट स्कुुलका प्रिन्सिपल धन बहादुर पुन,न्युटन स्कुलका प्रिसिपल राम केसी,न्युु समिट स्कुलका डाइरेक्टर रमेश पन्ति लगायतले पुरस्कृत गरे । लिगकम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा सिनियर व्वाइजमा १६ तथा जुनियर व्वाइजमा २४ गरी कुल ४० बिद्यालयको सहभागीता रहेको थियो । श्रावण २७ गते देखी शुरु भएको प्रतियोगितालाई चौधरी ग्रुपको क्वीक्स् चीज बलले मुख्य प्रायोजन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप