सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालले भन्यो–मुलुक संवैधानिक दुर्घटनामा पर्ने खतरा बढ्यो

शुक्रबार, ०३ भदौ २०७३, १७ : १०
शुक्रबार, ०३ भदौ २०७३
[caption id="attachment_2999" align="alignright" width="960"] FILE PHOTO[/caption] काठमाडौं– राप्रपा नेपालले स्थानीय निकायको निर्वाचनबारे अन्योलता र अनिश्चित रहँदा संविधान कार्यान्वयनमा असहजता हुनुका साथै मुलुक संवैधानिक दुर्घटनामा पर्न सक्ने खतरा औंल्याएको छ । शुक्रबार राप्रपा नेपालको पार्टी कार्यालय धुम्बाहारीमा बसेको केन्द्रीय कार्यसम्पाद समितिले सो खतरा औंल्याउँदै आगामी संसिरमा कुनै पनि हालतमा स्थानीय निकाउको चुनाव हुनुपर्ने माग गरेको छ । बैठकले संविधानले व्यवस्था गरेअनुरुप स्थानीय निकाय संख्या तथा सीमाना निर्धारण आयोगको आयोग तदारुकताका साथ क्रियासिल रहेको अवस्थामा सरकार परिवर्तनपछि स्थानीय निकायको निर्वाचन र सीमाना निर्धारण आयोगको सम्बन्धमा देखापरेको विवाद र अन्योलता हटाउन माग गरेको प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । बैठकले स्थानीय तहको पुर्नसंरचना गर्दा संविधानको भावना, जनताको चाहना र स्थानीय सरकारको अवधारणा अनुरुप गर्नुपर्ने र देशको आर्थिक अवस्था तथा लागतलाई दृष्टिगत गर्दै स्थानीय तहको संख्या न्युनतम गर्नुपर्नेमा पनि जोड दिएको छ । बैठकले आगामी कात्तिक २७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा अन्तराष्ट्रिय धर्मसभा गर्ने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप