सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस नेताको निधन

शनिबार, ०४ भदौ २०७३, १० : २७
शनिबार, ०४ भदौ २०७३
ललितपुर- नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि शङ्खु गाविस निवासी कमल बम्जनको ७० वर्षका उमेरमा शुक्रबार निधन भएको छ । बम्जनले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनप्रति काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्यले दुःख व्यक्त गर्दै यसबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । बम्जन काँग्रेसको शुभेच्छुक संस्था आदिवासी जनजाति सङ्घ ललितपुरका अध्यक्ष तथा जिविस, जनजाति समन्वय समितिका उपाध्यक्ष समेत भैसकेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप