सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कार्यालयको नाम मिथिलाक्षरमा

शनिबार, ०४ भदौ २०७३, १० : ३४
शनिबार, ०४ भदौ २०७३

जनकपुरधाम– मैथिली भाषाको लिपिको संरक्षण र विकास गर्ने उद्देश्यले जनकपुर क्षेत्रका कार्यालयका नाम मिथिलाक्षरमा लेख्न अभियान सुरू गरिएको छ ।

मैथिली साहित्यकार सभाले कार्यालयहरुको स्वीकृति लिई सो अभियान सुरू गरेको हो । पहिलो चरणमा जनकपुर उपमहानगरपालिकाको प्रवेशद्वारमा मिथिलाक्षर लेखिएको संस्थाका सभापाल प्रेमविदेह ललनले बताए ।

जनकपुर उद्योग वाणिज्य सङ्घले मौखिक स्वीकृति दिए पनि पदाधिकारीको बैठकबाट सो कार्यको अनुमोदन गराई पूर्णता दिने जनाइएको छ । त्यस्तै जिविस र जिल्ला प्रशासन कार्यालयमा पनि मिथिलाक्षरमा लेखनको प्रयास गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप