सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय मललाई नेपाली भन्दै ठगी गर्ने पक्राउ

शनिबार, ०४ भदौ २०७३, ११ : १७
शनिबार, ०४ भदौ २०७३

रौतहट –भारतीय मललाई नेपाली मल भनेर किशानलाई ठगी गर्दै आएका एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखी भारतिय मललाई नेपाली बोरामा पलटीगरी किशानलाई ठगी गरीरहेको बिषेश सुचनाको आधारमा प्रहरीले समनपुर ४ का दिनेश साहलाई शुक्रवार राती पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक केशव रेग्मीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय समनपुरको प्रहरी नायव निरिक्षक सोम बहादुर ठकुरी सहीतको टोलीले गएराती दिनेस साहको घरमा छापामारेको थियो । सो क्रममा साहको भुईतला कोठाभित्र कृषी सामग्री कम्पनी लिमिटेड काठमाण्डौ अंकित एकसय ३५ बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ । साथै घरभित्र बिभिन्न भारतिय कम्पनीको मलखादको सैयौं खालीबोरा बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले बताएका छन । बरामद मलखाद बोरा सहीत साहलाई आवशयक अनुसंधानको लागी ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ ।

यसैबीच रौतहट प्रहरीले अबैध रुपमा उत्पादन गर्दै रक्सीभट्टीमा छापा मार्नुका साथै जिल्लाको छुटा छुटै स्थानमा बरामद सैयौंलिटर अबैधमदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले शुक्रवार साँझ गौर नपा १० सबगढा स्थित एक रक्सीभट्टीमा छापामारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप