सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चुनौतिपूर्ण अवसर प्राप्त भएको छः प्रधानमन्त्री

शनिबार, ०४ भदौ २०७३, ११ : २३
शनिबार, ०४ भदौ २०७३

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा बालुवाटार पुगेको गोरखा जौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘परिस्थिति निकै चुनौतिपूर्ण छ, जनताका आकांक्षाहरु धेरै छन् । मेरा लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको छ । यसपटक केही परिणाममूखी काम गर्नेछु ।’ भेटमा प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भएको भन्दै निश्छल मनले शुभकामना दिएकोमा सबैलाई धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप