सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पञ्चकन्या ग्रुपले गर्यो सडकपेटीका विरुवाको गोडमेल

शनिबार, ०४ भदौ २०७३, ११ : ४१
शनिबार, ०४ भदौ २०७३
काठमाडौ–पञ्चकन्या ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार राजधानीका बिभिन्न स्थानमा सडक पेटीका वोटविरुवाको गोडमेल र सरसफाई गरेको छ । पञ्चकन्याले ललितपुरको जावलाखेल, कोपुण्डोल, काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डपको मूल सडकका पेटीमा रोपिएका बिरुवा गोडमेल, काटछाट, मलजल र सरसफाई गरेको हो । बढ्दो वातावरण विनाशलाई कम गर्न घना क्षेत्रमा गरिएका यस्ता वृक्षारोपणले थप सघाउ पुग्ने विश्वास पञ्चकन्या ग्रुपले लिएको छ । विगतमा ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हु“दै आएको जनाएको छ । उक्त कार्यव्रmममा ग्रुपका सबै तहका ८० जना कर्मचारीको सहभागिता रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप