आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोली लागेर घाइते गैंडा रौतहटमा भेटियो

शनिबार, ०४ भदौ २०७३, १३ : २०
शनिबार, ०४ भदौ २०७३

रौतहट–रौतहटको उतरीभेग स्थित एक सामुदायिक बनमा गोली लागेर घाईते अवस्थामा एउटा एक सिंगे गैंडा फेला परेको छ । चन्द्रपुर नगरपालिका २ गैंडाटार स्थित पिलेश्वर सामुदायिक बनमा गोली लागेर घाईते अवस्थामा गैंडा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी मनोज यादवका अनुसार आज बिहान  स्थानियले पिलेश्वर बनमा घाईते गैंडा देखेका थिए । स्थानीयको खबरलगतै खटिगएको प्रहरी टोलीले गोली लागेर घाईते गैंडाको उद्दार गरेकोे छ । गोली कसले हान्यो भने हालसम्म केही खुल्न नसकेको डिएस्पी यादवले बताए । उता जिल्ला बन कार्यालय रौतहटका प्रमुख रामबाबु साहले घाईते गैंडाको उपचार गर्न चितवन राष्ट्यि निकुञ्ज बाट चिकित्सकहरुको टोली आईरहेको बताए । पछिलो आठ १० दिनदेखि सोही क्षेत्रमा पटक पटक देखापरेको उक्त गैंडालाई तस्करहरुले गोली हानेको हुनसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप