आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नगद लाभांश अब बैक खातामा जम्मा गर्नुपर्ने

शनिबार, ०४ भदौ २०७३, १३ : २८
शनिबार, ०४ भदौ २०७३

काठमाडौ–नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांश तथा सार्वजनिक निस्कासन (आपिओ, एफपिओ) भन्दा नपरेको रकम पनि अनिवार्य बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सूचना जारीगरि यस्तो व्यवस्था लागु गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले क, ख र ग बर्गका बैंक तथा बित्तीय संस्थालाई निर्देशन जारी गर्दे अव सेयरधनीलाई प्रदान गर्ने नगद लाभाशं र सार्वजनिक निस्कासन (आइपिओ, एफपिओ) को क्रममा लगानीकर्ताले माग गरेबमोजिम सेयर प्रदान गर्न नसकेको खण्डमा त्यस्तो रकम फिर्ता गर्दा दरखास्त फाराममा उल्लेख भएको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि बैंक तथा बित्तीय संस्थाले प्रदान गर्ने नगद लाभाशं तथा सेयर नपरेको रकम सम्वन्धीत संस्थामा बोलाएर दिने व्यवस्था थियो । केन्द्रिय बैंकले सेयरधनी तथा लगानीकर्तालाई सहजताका साथै आर्थिक अनुसाशनका लागि यस्तो व्यवस्था गरेको जनाएको छ । यसवाट अव सेयरधनी र लगानीकर्ताले त्यस्तो रकम लिन बैंक तथा बित्तीय संस्थामा धाउन समेत नपर्ने भएको छ । विगतमा बैंक तथा बित्तीय संस्थाले दिने थोरै नगद लाभाशंका लागि पनि सेयरधनी सम्वन्धित संस्थामा पुग्नुपर्ने वाध्यता थियो । बिगतमा ५ लाखभन्दा वढीको रकम भुक्तानी गर्दामात्र बैंक खातामा जम्मा हुने गरेको थियो । त्योभन्दा कम रकम नगद वा बैंक खातामा जम्मा गरेपनि हुने अवस्था थियो । यो व्यवस्था लागु भएपछि भने सबै बैंक तथा बित्तीय संस्थाले अनिवार्य रुपमा बैंक खातामै रकम भुक्तानी गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले केही समयपछिवाट अन्य बित्तीय संस्थामा समेत यो व्यवस्था लागु हुने जनाएको छ । अहिले तोकिएका भन्दा फरक संस्थामा केही समयपछि यो व्यवस्था लागु हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप