आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्यारालिम्पिकमा बजेट कटौती, खेल प्रभावित हुने खतरा

शनिबार, ०४ भदौ २०७३, १३ : ४१
शनिबार, ०४ भदौ २०७३
काठमाडौँ - अर्को महिना ब्राजिलको रियोमा हुने प्यारालिम्पिक्स खेलकुदमा धेरै बजेट कटौति हुने भएको छ । खेलस्थल, खेलमा परिचालित कर्मचारी तथा यातयातमा बजेट कटौती हुन लागेको अन्तर्राष्ट्रिय प्यारालिम्पिक कमिटिले जनाएको छ । बजेट कटौतिका कारण खेल प्रभावित हुने देखिएको छ । प्यारालिम्पिकस खेलकुदको ५६ वर्षे इतिहासमा यस्तो तितो घटना कहिले नआएको कमिटिका अध्यक्ष फिलिप केभ्रनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जनाएका छन् । प्रतियोगिता सुरु हुन १९ दिन मात्र बाकी हुदा रियोको आयोजक समितिले प्रयाप्त बजेट व्यवस्थापन गर्न नसकेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप