आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थ्रीस्टारले भोलि एर्चिमसँग खेल्दै

शनिबार, ०४ भदौ २०७३, १३ : ४५
शनिबार, ०४ भदौ २०७३

काठमाडौं– एएफसी कप फुटबलको प्लेअफ छनौटका लागि भोलि आइतबार नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेल्दैछ । खेल स्थानिय समय अनुसार दिउँसोको ३ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा हुनेछ । नेपाली समय अनुसार पौने १२ बजे शुरु हुने खेलको सवै तयारी पुरा भएको फेडेरेसनले जनाएको छ ।

थ्रिस्टार नेपालको पछिल्लो राष्ट्रिय लिगको विजेता हो भने एर्चिम मंगोलियाको राष्ट्रिय लिग विजेता हो । दुबै टोलीले फेडेरेसनकै कृत्रिम मैदानमा अभ्यास गरीरहेका छन् । एर्चिम क्लब थ्रिस्टारका लागी नौलो प्रतिद्धन्द्धि होइन , यी दुई टिमको प्रेसिडेन्ट कप फुटबलमा भेट भइसकेको छ । थ्रिस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले टोली अर्को चरणमा छनौट हुने लक्ष्यका साथ मैदानमा उत्रने बताए । एएफसी कप प्लेअफको छनौट प्रतियोगिता एक दिन पहिले शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अर्को चरणमा जाने तरिकाले खेल्ने बताए । ‘एर्चिमसँग हामीले पहिले पनि खेलेका हौँ , तर खेल्ने खेलाडीहरु परिवर्तन भैसकेकाले यसै भन्न सकिन्न , उनले भने, ‘एर्चिमसँगको खेलमा हामी राम्रो नतिजा दिनेछौँ, उनीहरुको होम ग्राउण्ड जस्तै भएपनि हामी त्यो चुनौती पार गर्न तयार छौँ ।’ थ्रिस्टार ४ –४ –२ कै रणनितीमा मैदानमा जाने उनले बताए ।

थ्रिस्टारका कप्तान विक्रम लामाले आफ्नो टिम जितका लागि अगाडी बढेको बताए । ‘हामी जसरी हुन्छ राम्रो नतिजा ल्याउनेछौँ’ उनले भने, ‘ ‘हामी सक्दो खेल्नेछौँ ।’ थ्रिस्टारको टिममा राष्ट्रिय टोलीबाट खेल्ने ७ जना खेलाडी छन् भने मंगोलियाको टिममा १० जना राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी छन् । अभ्यासका क्रममा डिफेन्डर सरोज दाहालको खुट्टामा चोट लागेको भएपनि एर्चिमसँगको खेलमा खेल्नसक्ने कप्तान विक्रम लामाले बताए ।

एर्चिम क्लबले पछिल्लो लिगमा राम्रो नतिजा ल्याइरहेकाले यसपालीको एएफसी कपको छनौटमा राम्रो नतिजा ल्याउने आशा क्लबले लिएको छ ।

‘हामीले अरु दुई क्लबको खेलस्तरका बारेमा पनि अध्ययन गरेका छौँ , क्लबका मुख्य प्रशिक्षक बटुल्गा जोरिटले भने, ‘हामीले आफ्नो तर्फबाट तयारी पुरा गरेका छौँ’ अब देखाउने पालो मैदानमा हो ।’

नेपालमा गएको साल भने भुकम्प र नाकाबन्दीका कारण लिगाका खेल नभएकाले अघिल्लो वर्षकै विजेता नै यो प्रतियोगितामा गएको हो ।

एएफसी कप छनौट खेल्ने थ्रिस्टारका खेलाडीहरूमा ,एलेन न्यौपाने, बिनय श्रेष्ठ र अविशेक बराल गोलरक्षक छन् । यसैगरी रञ्जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार डिफेन्डर छन् । त्यसैगरी बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ मिडफिल्डर छन् । फरवार्डमा बुद्ध राज लिम्बु (चेम्जोङ), असिम जंग कार्की, रोशन मल, मार्टिन्स कायोडे अजायी, रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप