आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भालु र स्यालको आक्रमणबाट ८ घाइते

शनिबार, ०४ भदौ २०७३, १४ : ४४
शनिबार, ०४ भदौ २०७३

सल्यान – सल्यानमा भालु र स्यालको आक्रमणबाट ८ जना घाइते भएका छन् । लक्ष्मीपुर गाविस १ देवस्थल गाविस वडा नं १ मर्कलखारामा भालुको आक्रमणबाट १३ वर्षिया सुमित्रा बुढाथोकी घाइते भएकी छिन । मकैबारीमा काम गरी रहेको अवस्थामा भालुले आक्रमण गरेको स्थानीय पोखरसिहं केसीले जानकारी दिए । यस्तै देवस्थल गाविस वडा नं. ९ घाटगाउँ बुरेलीमा स्यालको टोकाईबाट सात जना घाइते भएका हुन् ।

स्यालले ओठमा टोक्दा गम्भिर घाइते भएकी ५० वर्षिया भुमा टमाटालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र देवस्थलका इन्चार्ज बासुदेव पोख्रेलले जानकारी दिए । अन्य सामान्य उपचारपछि घर फर्किएको उनले बताए । जंगलबाट एक्कासी गाउँमा पसी मानिस लगायत पशुचौपायालाई टोक्दै हिडेको स्थानीय पदम बुढाथोकीले जानकारी दिए । गाउँमा पसेको स्याललाई गाउँलेले घेरा हालि मारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप