आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आविष्कार केन्द्र स्थापनाका लागि सहयोग सङ्कलन

शनिबार, ०४ भदौ २०७३, १४ : ५४
शनिबार, ०४ भदौ २०७३

म्याग्दी– राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदायस्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ ।

विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग जुटाउन यो अभियान सुरु गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घले आज बिहान बेनीमा आविष्कार केन्द्रका अभियन्ता महावीर पुनसँग अन्तक्र्रियाका लागि आयोजना गरेको कार्यक्रममा सहभागीले स्वफूर्त रुपमा सहयोग घोषणा गरेका हुन् । रु चार लाख सहयोग घोषणा भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिए ।

सहयोग घोषणा गरेकाहरुलाई ईसेवा नेपाल संस्थाको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

अभियन्ता पुनले खोज, अनुसन्धानको माध्यमबाट देशको विकासमा सघाउने उद्देश्यले आविश्कार केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । सरकारी निकायबाट आश्वासन मात्र पाएको र धेरै समय झुलाउने काम भएको गुनासो पोख्दै पुनले जनताको सहयोगमा केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाए । केन्द्र स्थापनाका लागि पुनले कास्कीको बेगनासमा रहेको रु तिन करोड रुपैया मूल्य पर्ने तिन सय रोपनी जग्गा समेत दान गर्ने घोषणा गरेका छन् ।

म्याग्दीको राम्चे २ नांगीमा जन्मिएका पुन विगत २५ वर्षदेखि नेपालको ग्रामिण क्षेत्रमा वेतारे प्रबिधिको ईन्टरनेट पहुँच विस्तार गर्ने अभियानमा सक्रिय छन्। उनी सन २००७ मा रोमन म्यागासेसे पुरस्कारबाट सम्मानीत भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप