आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हत्या आरोपमा दुई पक्राउ, घटनापछि सुत्ने पलङभित्र शव राखेर फरार भएका थिए हत्यारा

शनिबार, ०४ भदौ २०७३, १५ : ००
शनिबार, ०४ भदौ २०७३

बुटवल –महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले हिजो यहाँ दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका– ११ इँटाभट्टीका २७ वर्षीया सविता मल्ल र बुटवल १० शुख्खानगरका २७ वर्षीय किसन गुरुङ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए ।

पक्राउ परेका दुबैलाई हिजो नै अनुसन्धानका लागि जिल्ला अदालतबाट समेत म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

बुटवल उप–महानगरपालिका– १२ कालिकानगरस्थित डेरागरी बस्दै आएकी ४० वर्षीय कमला न्यौपानेको गत साउन २७ गते राति आफ्नै कोठामा हत्या भएको थियो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ गोरकट्टा घर भई लामो समयदेखि परिवारसहित कालिकानगरमा भाडामा बस्दै आएकी कमलाको आफ्नै कोठामा विद्युतीय मल्टिप्लगको तारले घाँटी कसेर हत्या गरी उनी सुत्ने पलङभित्र शव राखेर हत्यारा फरार भएका थिए ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार, पक्राउ परेकी सविता मल्लको साथबाट कमला न्यौपानेले लगाउने सुनका गरगहना समेत बरामद गरिएको छ । बरामद गरिएका गरगहनाका आधारमा हेर्दा हत्या लुटपाटकै लागि गरिएको हुन सक्ने अनुमान प्रहरीको छ ।

हत्या गरिएकी कमला र हत्याको आरोपमा पक्राउ परेकी सविता एकवर्ष पहिलेसम्म एउटै घरमा डेरागरी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको समेत प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप