आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खेल क्षेत्रमा राजनीतिकरण हुन दिन्न– मन्त्री श्रीपाइली

शनिबार, ०४ भदौ २०७३, १५ : १८
शनिबार, ०४ भदौ २०७३
रत्ननगर - युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा राजनीतिकरण हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । चितवनको भरतपुरमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विधि र प्रक्रियाअनुसार नै काम गर्ने भन्दै राजनीतिकरण हुनबाट रोक्ने बताउनुभयो । प्रेस सेन्टर नेपाल चितवनको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा उहाँले अन्य राजनीतिक दलको भावनालाई समेत समेटेर सहकार्यका हिसाबले विधि र प्रक्रिया अनुसार आफू अगाडि बढ्ने प्रष्ट्याउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान) विवादका विषयमा पत्रकारले सोधेको जिज्ञासामा उहाँले क्यानमा देखिएको विवाद आफ्नै पालोमा समाधान गरेरै छाड्ने जिकिरसमेत गर्नुभयो । साग खेल नेपालमा हुन लागेकोमा खुसी व्यक्त गर्दै उहाँले तयारीमा मन्त्रालय लागिपरेको जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय खेल मैदान निर्माणलाई प्राथमिकता दिँदै स्पोट्र्स विश्वविद्यालयको अवधारणा आफूले अघि सारेको जानकारी दिनुभयो । ‘स्पोट्र्स युनिभर्सिटीको अवधारणा अघि सारिएको छ, मन्त्री श्रीपाइलीले भन्नुभयो “यसका लागि अध्ययन टोलीसमेत खटाइसकेको छु नेपालमा यो सम्भव छ ।” रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप