आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित चार जना पक्राउ

शनिबार, ०४ भदौ २०७३, १७ : १५
शनिबार, ०४ भदौ २०७३

राजविराज– चोरीको मोटरसाइकलसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिवार(आज) दिएको जानकारी अनुसार चोरीको दुई वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको हो । जिल्लाको मलेकपुर–५ बस्ने गजेन्द्र यादवको स ४ प ६२९१ नम्वरको मोटरसाइकल मलेखपुर–३ बाट शुक्रवार दिउँसो चोरी भएको थियो । चोरी भएको मोटरसाइकल बारे प्रहरीमा गराइएको जानकारीका आधारमा सुरक्षा वेश क्याम्प पथरगाडाबाट खटिएको प्रहरी टोलीले सोहिदिन राति ८ बजे व्रह्मपुर–८ बाट मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्लाको मलेकपुर–५ बस्ने २४ वर्षीय दिपककुमार यादव र वेल्हीचपेना–३ का १५ वर्षीय मोह्मद आलम रहेको छ । दुवै जनामाथि अनुसन्धान थालिएको एसपी भिम ढकालले जानकारी दिएका छन् । त्यस्तै, जिल्लाको मलेठ–४ बस्ने मुस्तकिमको स२प ३७१९ नम्वरको मोटरसाइकल समेत शुक्रवारै राजविराज नगरपालिका–७ बाट चोरी भएको थियो । चोरी भएको मोटरसाइकल वारे प्रहरीमा जानकारी गराएपछि खोजी गर्ने क्रममा प्रहरीले शनिवार (आज) जिल्लाको जमुनी मधेपुरा–१ बाट मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जमुनी मधेपुरा–१ कै २१ वर्षीय मिथिलेश यादव र २१ वर्षकै अजय मण्डल मण्डल रहेको जनाइएको छ । उनीहरुमाथि पनि अनुसन्धान भइरहेको एसपी ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप