आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब राजधानीमै चल्यो केबुलकार (फोटोफिचर)

शनिबार, ०४ भदौ २०७३, १८ : ०३
शनिबार, ०४ भदौ २०७३

काठमाडौं–राजधानीको थानकोटबाट चन्द्रागिरीको टुप्पोसम्म केबुलकार सञ्चालनमा आएको छ ।  अष्ट्रियन प्रविधिबाट बनेको यो केवुलकारमा ३८ वटा क्याबिन र सामान बोक्ने डब्बा सहित ४१ बटा क्याविन चल्छन् ।

चन्द्रागिरीबाट काठमाडौं उपत्यका ज्यादै सुन्दर देखिन्छ साथै उत्तरी हिमाल अझै सुन्दर लाग्छन् ।केवुलकार संचालनमा आएपछि आजकल आन्तरिक पर्यटकहरुको घुइचो लाग्न थालेको छ । केवुलकारसँगै चन्द्रागिरीमा भालेश्वर मन्दिर निर्माण गरिएको छ । थ्रि डि हल,वालबगैचा,पार्क, पिकनिक स्पट, भ्यूटावर, अर्डिटोरियम हलसँगै पाँच तारे होटल पनि निर्माण गरिएको छ । साथै यहाँ घोडेयात्रा गर्न पनि सकिन्छ । यस केवुलकार चढ्ने ग्राहकले आउँदा जाँदा ७ सय रुपैयाँ तिर्नुपर्छ । थानकोट फाखेल र चित्लाङ्गका स्थानीयले २५ प्रतिशत छुट पाँउछन् भने अपाङ्ग,बृद्ध र विद्यार्थीले २५प्रतिशत छुट पाउछन् । चन्द्रागिरीको चुचुरोबाट अन्नपूर्ण हिमश्रृखलादेखि सगरमाथासम्मका हिमश्रृखलासम्म हेर्न सकिन्छ । यस ठाँउबाट गणेश हिमाल सुन्दर देखिन्छ । चन्द्रागिरी हिल्स प्रालिले संचालनमा ल्याएको यो केवुलकार संचालननार्थ नेपाल सरकारसँग ४० बर्षका लागि स्पट भाडामा लिएर संचालनमा ल्याएको हो ।

यस कम्पनीले प्रतिबर्ष १लाख ८० हजार भाडा तिर्छ भने हरेक बर्ष १० प्रतिशतले मूल्य समायोजन हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप