बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोदीको विवादीत सुटले बनायो विश्व किर्तिमान

आइतबार, ०५ भदौ २०७३, ०९ : ३८
आइतबार, ०५ भदौ २०७३

नयाँ दिल्ली – निकै चर्चित र विवादीत बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुटले सबैभन्दा बढी मूल्यमा बिक्री हुने सुटको विश्व किर्तिमान बनाएको छ । सन् २०१५ को जनवरीमा अमेरिकाको भ्रमणको क्रममा राष्ट्रपति बाराक ओबामालाई भेट्न जाँदा मोदीले उक्त सुट लगाएका थिए । उक्त सुटको विश्वभर चर्चा कमाएको थियो । सुटको तस्विरलाई ठूलो बनाएर हेर्दा सो सुटको स्ट्रिपमा सानो अक्षरमा आफ्नो नाम प्रिन्ट गराएको खुलेपछि मोदीको सामाजिक सञ्जालमा निकै खिल्ली उडाइएको थियो । उक्त सुटलाई गत वर्ष लिलामीमा राखिएको थियो जसलाई हिराको टाइकुन मानिने लालजीभाई पटेलले गुजराजमा ४ करोड ३१ लाख ३१ हजार ३ सय ११ रुपैयाँमा किनेका थिए । यो सुटलाई गिनिज बुकले विश्वकै सबैभन्दा बढी मूल्यमा खरिद भएको सुटको किर्तिमानको रुपमा दर्ज गरेको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डले जारी गरेको विज्ञप्तिमा गुजरातको सुरतमा २० फेब्रुअरी २०१५ मा लिलामीमा बिक्री भएको मोदीको सुटलाई विश्व किर्तिमानमा दर्ज गराएको उल्लेख गरेको छ । वेभसाइटले उक्त रकम गंगा नदी सफाई अभियानमा सहयोग गरिएको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप