मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ठमेललाई धुम्रपानरहित क्षेत्र बनाउन माग

आइतबार, ०५ भदौ २०७३, १८ : २६
आइतबार, ०५ भदौ २०७३

काठमाडौं – मुख्य पर्यटकीय नगरी ठमेललाई धुम्रपानरहित क्षेत्र बनाउनुपर्ने माग गर्दै बृहत ¥याली निकालिएको छ । लाइन्स क्लब अफ काठमाडौं सनराईजले ठमेल पर्यटन विकास परिषदसँगको सहकार्यमा गत शनिबार सो कार्यक्रमको आयोजना गरेको हो । लाँखे नाँचसहित सञ्चालन गरिएको बृहत ¥याली ठमेलको सञ्चयकोषबाट सुरु भएर ज्याठा, ठहिटी, चाक्सिबारी, काठमाडौं गेष्टहाउस, सातघुम्ति, होटल वैशाली, भगवतीबहाल, नर्सिङचोक हुँदै पुनः सञ्चयकोषअगाडि आइपुगेर समापन गरिएको थियो । ¥याली हुनुभन्दा अगाडि आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै लाइन्स क्लबका सेकेन्ड डिस्ट्रिक गर्भनर लाइन सुदर्शन धर प्रधानाङ्गले धुम्रपान स्वास्थ्यको लागि हानिकारक भएकोले यसलाई पूर्ण रुपमा निर्मुल पार्न आजैबाट र आफैबाट सुरु गर्नुपर्ने बताए । यसलाई आगामी दिनमा निरन्तरता दिदै थप व्यवस्थित र व्यापाक बनाउँदै लैजानुपर्नेमा उहाँको जोड रहेको थियो । त्यस्तै महानगरी प्रहरी बृत्त, दरबारमार्गका डिएसपी कृष्ण बहादुर पल्ली मगरले ठमेल नेपालको मुख्य पर्यटकीय केन्द्र भएकोले ‘नन स्मोकिङ जोन’ अभियानको कार्यान्वयन यहीबाट गर्नुपर्नेमा जोड दिऐ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप