आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन लाख घुससहित सवइन्जिनियर श्रेष्ठ पक्राउ

आइतबार, ०५ भदौ २०७३, २० : १७
आइतबार, ०५ भदौ २०७३
काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु तीन लाख घुससहित काठमाडौँ महानगरपालिकाका– ३ का सवइन्जिनियर दिनेश श्रेष्ठलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार सवइन्जिनियर श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि एक सेवाग्राहीसँग महाराजगन्जस्थित रेस्टुराँबाट घुस रकमसहित पक्राउ गरिएको हो । सवइन्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधरामा पुगेको आयोगको टोलीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप