आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार परिवर्तनले सरुवामा ढिलाइ

आइतबार, ०५ भदौ २०७३, २० : २४
आइतबार, ०५ भदौ २०७३
काठमाडौँ भदौ ५ – सरकार परिवर्तनका कारण यस आर्थिक वर्षमा निजामती कर्मचारीको सरुवामा ढिलाइ भएको छ । साउनभित्र गरिने कर्मचारीको सरुवा सरकार परिवर्तनका कारण विभागीय मन्त्री अहिलेसम्म नियुक्ति नभएका कारणले ढिलाइ भएको सामान्य प्रशासन मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले जानकारी दिए । निजामती सेवा नियमावलीमा साउन भित्रमा कर्मचारीलाई अन्तरमन्त्रालय र अन्तर निकायमा सरुवा गरिसक्नुपर्ने व्यवस्था रहेको छ । “हामीले साउनमा नै कर्मचारीको सरुवा गर्नुपर्ने थियो तर सरुवासँग जोडिएको नीतिगत निर्णय मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट मात्र गर्नुपर्दछ–उनले भने, “तर साउनमा सरकार परिवर्तन भएका कारण राजनीतिक नेतृत्वको अभावमा हामीले सरुवाको निर्णय गर्न सकेका छैनौँ ।” सामान्य प्रशासन मन्त्रीको अहिलेसम्म नियुक्ति नभएपछि मन्त्रालय नियमावलीमा व्यवस्था भएको सरुवाको कार्यतालिका संशोधनको तयारीमा रहेको छ । सहसचिव पौडेलले सरुवा भदौ १५ गतेभित्र गरिसक्ने गरी नियमावलीमा भएको व्यवस्था संशोधन गर्न मन्त्रिपरिषद्मा पठाएको जानकारी दिए । “भदौ १५ गतेभित्र सरुवा गरिसक्ने गरी हामीले नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाएका छौँ”– पौडेलले भने, “मन्त्रिपरिषद्बाट निर्णय भएपछि अबको १० दिनमा हामीले कर्मचारीको सरुवा गर्छौं ।” उहाँले कर्मचारीको सरुवा मन्त्रालय र निकायमा आवश्यकताअनुसार गर्ने बताए । यस आवमा दुई हजार ७६४ कर्मचारीले सरुवाका लागि माग गरेका छन् । मन्त्रालयले साउन ३ गतेदेखि साउन मसान्तसम्म अनलाइनमार्फत श्रेणीविहीनदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीलाई अन्तर मन्त्रालय र निकाय सरुवाको आवेदन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप