आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मनसुनी प्रणालीले देशैभर वर्षा

आइतबार, ०५ भदौ २०७३, २० : ३०
आइतबार, ०५ भदौ २०७३

काठमाडौँ - पूर्वी क्षेत्रबाट मनसुनी प्रणाली विकास भएका कारण आज नेपालको मौसममा खराबी आएको छ ।

उक्त प्रणालीको असरस्वरूप आज मुलुकभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट विकसित भएको मनसुनी प्रणाली मध्य हुँदै पश्चिमतिर सर्ने क्रममा रहेकाले आजराति मध्य र पूर्वी क्षेत्रका धेरै स्थानमा सामान्य वर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

“मध्य र पूर्वका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ, भोलि दिनभर बद्ली भई मध्य र पश्चिमका केही स्थानमा वर्षा हुनेछ, मङ्गलबारदेखि मौसममा सुधार आउनेछ”– उनले भने ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी ओखलढुङ्गा ३५ दशमलव ३ र सबैभन्दा कम १ दशमलव १ मिलिमिटर वर्षात् भएको छ । विराटनगरमा १२, काठमाडौँमा २, लुम्लेमा तीन र जुम्लामा दुई मिलिमिटर वर्षात् भएको छ ।

आज सबैभन्दा बढी तापक्रम भैरहवामा ३६ र सबैभन्दा कम डडेलधुरामा २६ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३१ र न्यूनतम १९ डिग्री रहेको महाशाखाले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप