आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जङ्गलबाट समातिए दुई जनाको गोली हानेर हत्या गर्ने कर्णबहादुर

सोमबार, ०६ भदौ २०७३, २२ : ५३
सोमबार, ०६ भदौ २०७३
दाङ–प्रहरीले गढवामा दुई व्यक्तिको गोली हानी हत्या गरेर फरार रहेका खबरीका ४५ वर्षीय कर्णबहादुर पुनलाई कोइलावास जङ्गलबाट सोमबार साँझ पक्राउ गरेको छ । अभियुक्त पुनले रिसइबीका कारण गए राति तीजको नाच हेरेर घर फर्कने क्रममा रहेका सोही ठाउँका ३२ वर्षीय कालु रोका र ३५ वर्षीय राजु रोकालाई गोली प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै फरार रहेका पुनलाई स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । त्यस्तै प्रहरीले चार दिनअघि मानपुर–८ मङ्गेरी गाउँका २६ वर्षीय हिरामणि चौधरीको हत्या अभियोगमा पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । मानपुर–८ जमेराका २९ वर्षीय चन्द्रवीर चौधरी, १७ वर्षीय राजन चौधरी, २७ वर्षीय रामबहादुर चौधरी र मनोज चौधरीलाई सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप