बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

९ खेलाडीमा सिमित रोमा च्याम्पियन्स लिगमा छनौट हुन असफल

बुधबार, ०८ भदौ २०७३, ०९ : २९
बुधबार, ०८ भदौ २०७३

रोम – पहिलो लेगमा घरेलु मैदानबाहिर पोर्चुगिज क्लब एफसी पोर्टोलाई १–१ को बराबरीमा रोक्न सफल ए एस रोमाले च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना प्रबल बनाएको थियो । तर, आफ्नै घरेलु मैदानमा ९ खेलाडीमा सिमित भएपछि इटालियन क्लबको सपना चकनाचुर बनेको छ । दोस्रो लेगमा रोमा ३–० ले पराजित हुँदै च्याम्पियन्स लिगमा छनौट हुन सकेन । फिलिपेको गोलसँगै खेलको शुरुवातमा नै पछि परेको रोमा ड्यानियल डि रोस्सी र एमरसन पाल्मेरी रातो कार्ड खाँदै बाहिरिएपछि झनै अप्ठ्यारोमा परेको थियो । खेलको दोस्रो हाफमा मिगुएल लायुन र जिसस कोरोनाले गोल गर्दै पोर्टोलाई ३–० सहज जित दिलाउँदै समग्रमा ४–१ को जीतसहित च्याम्पियन्स लिगको लिग चरणमा छनौट भएको छ । तीन वर्षमा प्लेअफबाट छनौट हुन असफल हुने रोमा तेस्रो इटालियन टोली हो । बिहिबार हुने ड्रमा इटालीबाट अब युभेन्टस र नापोली मात्र बाँकी रहेको छ । उता, इजरायली टोली हापोएल बिएर सिभासँग २–० ले पराजित भए पनि सेल्टिक च्याम्पियन्स लिगमा छनौट भएको छ । समग्रमा ५–४ को जीत निकाल्दै सेल्टिक तीन वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा प्रवेश गरेको हो । उता, भिल्लेरियालाई १–० ले पराजित गर्दै समग्रमा ३–१ को जित निकाल्दै मोनाको पनि च्याम्पियन्स लिगमा छनौट हुन सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप