बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बर्टनबिरुद्ध लिभरपुलको गोलको वर्षा, चेल्सीलाई ब्रिस्टलको चुनौती

बुधबार, ०८ भदौ २०७३, १० : १५
बुधबार, ०८ भदौ २०७३

लिभरपुल – इएफएल कप अन्तरगतको तेस्रो चरणको खेलमा लिभरपुलले बर्टनविरुद्ध गोलको वर्षा गरेको छ । मंगलबार राती सम्पन्न खेलमा ड्यानियल स्टरिजको दुई गोलको मद्दतले लिभपरपुल ५–० गोलको भारी अन्तरले विजयी बनेको हो । डिभोक ओरिजीले खेलको १५ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए भने त्यसको ७ मिनेट पछि रोबर्टो फर्मिन्होले अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा टम नेयलरले आत्मघाती गोल गरेपछि लिभरपुलले ३–० को अग्रता बनायो । अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका ड्यानियल स्टरिजले खेलको अन्त्यतिर दुई गोल गरेपछि लिभरपुलले सहज जित निकाल्यो । लिभरपुलका लागि एमरे च्यान भने घाइते हुँदै मैदान छाड्नुपरेको थियो । अन्य खेलमा चेल्सीले भने ब्रिस्टल रोभर्सविरुद्ध संघर्षपूर्ण जीत निकालेको छ । खेलको २९ औं मिनेटमा मिची बात्सुयीले चेल्सीलाई अग्रता दिलाए । त्यसको दुई मिनेट पछि भिक्टर मोजेजले अग्रता दोब्बर बनाए पनि पिटर हार्टलीले खेलको ३५ औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रतालाई आधा बनाए । त्यसको ६ मिनेट पछि बात्सुयीले पुनः चेलसीलाई ३–१ को अग्रता दिलाए । दोस्रो हाफको शुरुवातमा नै एलेलिस ह्यारिसनले गोल गर्दै ब्रिस्टललाई खेलमा फर्काउने प्रयास गरेपछि चेल्सी दबाबमा परेको थियो । तर, त्यसपछि कुनै गोल हुनसकेन र चेल्सी ३–२ गोल अन्तरले विजयी बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप