आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भागबण्डामा कुरा नमिल्दा कांग्रेसमा लफडा, मन्त्रीको नाम नपठाउने पौडेल समुहको निर्णय

बुधबार, ०८ भदौ २०७३, १७ : ५७
बुधबार, ०८ भदौ २०७३

काठमाडौं– १३ ओटा मन्त्रालय पाएको नेपाली कांग्रेसमा आन्तरिक भागबण्डा नमिल्दा विवाद उत्पन्न भएको छ । नेता रामचन्द्र पौडेल पक्षधरले सरकारमा सहभागिताबारे चित्न बुझ्ने अवस्था नआए सरकारमा सहभागि नहुने निर्णय गरेको छ ।

पौडेल निवास बोहराटारमा बुधबार अपरान्ह निकटस्थ नेता तथा सांसदहरुको बैठकले सरकारमा आफ्नो पक्षबाट सम्मानजनक सहभागिता हुनुपर्ने माग गरेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

बैठकमा देउवाले मन्त्री चयनमा एकलौटी गर्न खोजेको भन्दै आलोचना समेत भएको थियो ।

बिहान पनि नेता प्रकाशमान सिंह लगायतका नेताहरुसँग पौडेलले छलफल गरेका थिए ।

छलफलमा विगतदेखिनै भागबण्डाको परिपाटी रहेको र अहिले भने देउवाले मनपरी गरेको आरोप लगाइएको बताइएको छ ।

पौडेल समुहले १३ मन्त्रालयमध्ये कम्तीमा ५ मन्त्रालय माग गरेको छ । तर देउवाले भने बढीमा ४ मन्त्रालय मात्रै दिन सक्ने बताएका छन् । देउवाले मागेको जति मन्त्रालय नदिने भएपछि पौडेल समुह रुष्ट बनेको बताइएको छ भने सोहि कारण पौडेल समुहले मन्त्रीको नाम पठाएको छैन ।

तर देउवाले भने पौडेलको अनसन्तुष्टिका बीच आफू निकटका चार नेताको नाम मन्त्रीमा सिफरिस गरेका छन् । नेताहरुका अनुसार देउवाले अर्जुननरसिंह केसी, प्रकाशशरण महत, वालकृष्ण खाण र जीवन शाहीको नाम मन्त्रीमा सिफारिस गरेको बताइएको छ । यस्तै बाँकी मन्त्रीको नाम टुंगो लगाउन छलफल चलिरहेको बताइएको छ ।

कांग्रेसमा आन्तरिक भागबण्डा मिल्दा नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप