आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापान फुटबल सङ्घले सुरु ग-यो ‘कोलकिपिङ कोर्ष’

बुधबार, ०८ भदौ २०७३, १८ : ०८
बुधबार, ०८ भदौ २०७३

काठमाडौँ- जापान फुटबल सङ्घ (जेएफए)ले पाँचदिने ‘कोलकिपिङ कोर्ष’ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजदेखि सुरु गरेको छ ।

यही भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा नेपालका २२ युवा गोलरक्षण प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । उनीहरुलाई जापानको होक्काइदोस्थित राष्ट्रिय प्रशिक्षण केन्द्रका प्रशिक्षक ओगाटा ग्योसुकेले प्रशिक्षण दिइरहेका छन् । उनी युवा गोलरक्षण प्रशिक्षणका विशेषज्ञ हुन् ।

सहभागी नेपाली युवा प्रशिक्षार्थीमा उज्ज्वल मानन्धर, चक्र तामाङ, राजुसिंह महर्जन, छन्नुराम चौधरी, नवीन महर्जन, अजय महर्जन, शैलेश कर्माचार्य, विनोद डङ्गोल, सुस्मिता राई र नमिताकुमारी दली छन् ।

त्यस्तै अमृत चौधरी, रोशन श्रेष्ठ, दिनेश प्रजापति, राम कुमार, सञ्जीव खड्गी, चन्द्रादेवी दाहाल, गङ्गाराम देउजा, रोशन खड्का, प्रवीन श्रेष्ठ, सन्तोष तिवारी, विकेश कुथू र विशाल श्रेष्ठसमेत सहभागी छन् । सहभागीमध्ये कतिपय राष्ट्रिय टोली र सो स्तरका गोलकिपरसमेत छन् । तालिमको उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली प्रशिक्षार्थीले मेहनती स्वभावका जापानी प्रशिक्षकबाट तालिम लिनु सौभाग्य भएकाले त्यसको सही सदुपयोग गर्न आग्रह गरे ।

प्रशिक्षक ग्योसुकले विगत ३५ वर्षदेखि आफू नेपालको सन्सर्गमा रहेको र यहाँको फुटबलका बारेमा समेत जानकार रहेको बताउँदै तालिम सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप