आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली योग्यता पेस गर्नेविरुद्ध आरोपपत्र

बुधबार, ०८ भदौ २०७३, १८ : १२
बुधबार, ०८ भदौ २०७३
काठमाडौँ- बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक योग्यता पेस गर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारी सुनिल आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । साताँै तहमा सेवा प्रवेश गरेका आचार्यले बढुवा हँुदा पेस गरेको शैक्षिक योग्यता झुटो पाइएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । आचार्यले आइएस्सी तहको शैक्षिक योग्यताको झुट्ठो प्रमाणपत्र खडा गरी एमबिबिएस अध्ययन गरेको, नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी नियुक्ति लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप